काठमाडौं –  संचारकर्मी रमेश प्रसाईं र सामाजसेवी नन्दा सिंह छोरीको आमाबाबु भएका छन् ।  उनीहरुलाई आज बिहान पुत्री लाभ भएको हो ।


ADVERTISEMENT


अघिल्लो वर्ष विवाह बन्धनमा बाँधिएका प्रसाईं र नन्दा सिंहलाई आज काठमाडौंको एक अस्पतालमा पूत्री लाभ भएको हो । कलाकार दिपाश्री निरौला आज बिहान अस्पताल पुगेर बधाई दिंदै फोटोहरु पोष्ट गरेकी छिन् ।


ADVERTISEMENT

# # #


रमेश प्रसाईंले धरानमा बसेर आफ्नो पत्रकारिता अघि बढाई रहेका थिए भने नन्दा सिंह काठमाडौंमा सामाजिक संस्था चलाईरहेकी छिन् । यी दुईको प्रेम विवाह भएको हो ।