काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नव निर्वाचित कार्यसमितीले संघको विघान अनुसार क्षमता ढकाल सहित ५ जना कार्य समितीमा मनोनित गरेको छ । कार्य समितीले गत अक्टोबरमा भरतमणी चोङवाङ लिम्बुलाई प्रबक्तामा मनोनित गरेको थियो भने आवेश राई र श्याम लुईटेललाई सदस्यमा मनोनित गरेको थियो ।


ADVERTISEMENT


यसैगरी यहि नोभेम्बर २० मा बसेको कार्य समितीको पुर्ण बैठकले थप तिन जनालाई कार्य समितीको सदस्यमा मनोनित गरेपछि कार्य समितीले पुर्णता पाएको छ । कार्य समितीको बैठकले तमुधिं युकेका अध्यक्ष तथा बरिष्ठ समाजसेवी हितकाजी गुरुङ, क्षमता ढकाल तथा ग्याञ्जु शेर्पालाई उनीहरुले नेपाली समाजमा पुर्याएको योगदान तथा एनआरएनए अभियानमा निरन्तर संलग्नताको उच्च मुल्याङ्कन गर्दै मनोनित गरिएको हो ।


ADVERTISEMENT

# # #


 क्षमता ढकालको परिचय यस्तो छ
नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकाल र माता सुस्मा ढकालकी जेठी सुपुत्री क्षमता ढकाल ललितपुरको धोबिघाट निवासी हुन् भने हाल लण्डनमा बस्दै आएकी छन् । उनले नेपाली चलचित्रहरुमा पनि लगानी गर्दै आएकी छिन् उनीले लगानी गरेको चलचित्रहरु नयाँ नेपाल,राहदानी र खोज आदि हुन् । उनि सामाजिक कार्यहरुमा पनि सक्रिय हुदै आएकी छिन् ।

उनले सामाजिक क्षेत्रमा संक्रिय भूमिका निर्वाह गरेबापत विभिन्न संघसंस्थाले उनलाई सम्मानित गरेका छन् । जस्तै गतव्य नेपालबाट र जेष्ठ नागरिक आश्रमबाट सम्मानित भएकी हुन् । विश्व हिन्हु महासंघको केन्द्रीय सदस्य, बेलायत जनसम्पर्क समितिको सदस्यजस्ता विभिन्न संघ-संस्थामा आबद्ध भएर आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन् । हाल उनी बेलायतमा कानूनशास्त्रमा अध्ययन गर्दै छिन् ।

करिब एक दशकभन्दा बढी अगाडि बेलायत गएकी क्षमता ढकालको जीवनले सोचेभन्दा छुट्टै मोड लिन पुग्यो । नरसिंग होममा काम गरिरहेकी क्षमता ट्यारोट कार्ड, वास्तु रेकी र स्टोनको विषयमा दुई वर्ष अध्ययन गर्न पुगिन् । नाम अनुसारको काम भने जस्तै उनको क्षमताले गर्दा अहिले मानिसहरुको भविष्यवाणी हेर्ने कार्यमा व्यस्त रहेकी छिन् । तिहार मनाउन आएकी क्षमता अहिले नेपालमा छिन् ।

ज्योतिष विद्याभन्दा फरक तथा आधुनिक विज्ञानसँग सम्बन्धित ट्यारोट कार्डबाट मानिसको राशिमा के भैरहेको छ भन्ने अध्ययन गरिन्छ । ट्यारोट कार्डमा तासको आकारका विभिन्न रंगी बिरंगी ७८ वटा कार्डहरू हुने गर्दछन् जसमध्ये प्रत्येक कार्डको ६-७ वटा अर्थ लाग्ने गर्दछ । जसको माध्यमबाट भविष्यवाणी हेर्नका लागि करिब १ घन्टाको समय लाग्ने बाताइन् ।

क्षमता ढकाल ट्यारोटकार्ड बाट विभिन्न भबिष्यवाणी गरेकी छन् । उनले विभिन्न पार्टीको नेता हरुको पनि ट्यारोट कार्ड मार्फत भबिष्य हेरेको बताउँछिन्