काठमाडौँ– गोकर्णेश्वर नगरपालिकाबाट एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित सोमबार पक्राउ गरेको छ ।


ADVERTISEMENT


ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोक, चौताराका धीरेन ओप्ठलाई एक एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एसएलआरको गोली र दुई थान रडसहित प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


गोकर्णमा प्रहरीले जाँच गर्ने क्रममा बा८८प ८२८४ नंको मोटरसाइकलमा सवार उनको साथबाट उक्त हातहतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।