काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले भोट हालेका छन् ।


ADVERTISEMENT


राप्रपा महाधिवेशनमा अध्यक्षबाहेक सबै पदमा विद्युतीय माध्यमद्वारा मतदान सुरू भएको छ ।  निर्वाचन समितिका अनुसार ९१ वटा मेसिन मतदानस्थलमा रहने छन्। बाँकी चार वटा मेसिन मतदातालाई सिकाउनका लागि मतदानस्थलबाहिर राखिएको छ ।


ADVERTISEMENT

# # #


विद्युतीय मतदान भने अध्यक्षबाहेकका अन्य पदका लागि मात्रै प्रयोग हुने छ । राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दैछन्। राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ ।

सात सहमहामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ। चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, दिलविकास राजभण्डारी, र दुर्गा श्रेष्ठको उम्मेदवारी परेको छ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्ती शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ । राप्रपामा चार हजार चार सय ७१ जनाको मतदाता नामावली प्रकाशित गरिएको छ।