काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका ५०६ जना मतदान प्रक्रियामा सहभागी  भएका छैनन् । निर्वाचन समितिले जनाए अनुसार ठूलो संख्यामा राप्रका प्रतिनिधि मतदान प्रक्रियामा सहभागी नभएका हुन् ।


ADVERTISEMENT


महाधिवेशनको मतगणना सुरू भएको छ। अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र १४१ जना केन्द्रीय सदस्यहरूको मतगणना सुरू भएको निर्वाचन समितिका सह-संयोजक तोरणबहादुर गुरुङले बताँछन् ।


ADVERTISEMENT

# # #


राप्रपाका ४ हजार ३७९ प्रतिनिधिमध्ये ३ हजार ८७३ जनाले भोट खसालेका छन् । ५०६ जना प्रतिनिधि भने मतदान प्रक्रियामा सहभागी नै नभएको निर्वाचन समितिको दाबी छ ।  मतदान सकिन आइतबार बिहान १ बजेसम्म लागेको थियो   । मतगणनाअघि मुचुल्का उठाएर आचारसंहिता बनाइएको थियो।