काठमाडौं – सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला  ९२ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला  ७०० रुपैयाँले बढेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९१ हजार ५०० रुपैयाँकायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला  ९० हजार ८०० रुपैयाँ तोकिएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला  १० ले बढेर  एक हजार २०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।