काठमाडौँ – नेकपा (एमाले) का नवनिर्वाचित सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गरेका गरेका छन् ।


ADVERTISEMENT


आइतबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले सरकार असफल भएको भन्दै अहिले ताजा जनादेशको आवश्यक्ता रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही मंसिर २८ गतेको लागि संसद् अधिवेशन आह्वान भएको उल्लेख गर्दै उक्त दिन आफूहरुले कारबाही गरिसकेका सांसदहरुको उपस्थिति रह्यो भने पार्टीले सदन चल्न नदिने चेतावनी दिए ।


ADVERTISEMENT

# # #


महासेठले नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर गरेको आन्दोलन गलत भएको भन्दै तत्काल फिर्ता लिन माग गरे । अहिले देशमा न्याय सेवा पनि प्रभावित भएको र यसको कारण वर्तमान सरकार नै भएको पनि उनले बताए ।

महासेठले एमालेको १०औं राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गरेको र यो ऐतिहासिक भएको बताए ।