काठमाण्डौं-मुलुकका सबैजसो क्षेत्रका सडकको मर्मत सम्भारका लागि भनेर संकलन गरिने बजेट सडक मर्मतका लागि विनियोजन नहुँदा समस्या भएको सडक बोर्ड नेपालले जनाएको छ ।


ADVERTISEMENT


विराटनगरमा आयोजित कार्यक्रममा बोर्डका प्रमुख कृष्णसिंह बस्नेतले राज्यले सडक मर्मतका लागि भनेर संकलन गर्ने रकम यसको मर्मत र सम्भारमा उपयोग हुने सके धेरै सुधार गर्न सकिने बताए ।


ADVERTISEMENT

# # #


सडक बोर्ड ऐनअनुसार यातायात व्यवस्था कार्यालय र नेपाल आयल निगमले सडक मर्मत सम्भारका लागि भनेर बेग्लै रकम संकलन गर्ने गरेका छन् ।

सो रकम बोर्डको खातामा दाखिला गर्नुपर्ने व्यवस्था भए पनि अझैसम्म कार्यान्वयन नभएको बोर्डले जनाएको छ ।

संकलित रकम अर्थमन्त्रालयमा जाने र मन्त्रालयले सीमित बजेट मात्र मर्मतका लागि निकासा गर्ने गरेकाले समस्या भएको बोर्डले जनाएको छ ।

गत आर्थिक वर्षमा सडक मर्मत वापत करिब २० अर्ब रुपैयाँ संकलन भए पनि मर्मतका लागि ४ अर्ब ५० करोड रुपैयाँ मात्र विनियोजन भएको बोर्डले जानकारी दिएको छ ।