झापा – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् । संस्थापन इतर पक्षका प्रत्यासी गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै थापा प्रदेश सभापतिमा विजयी भएका हुन् । गएराति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार थापाले ८४४ मत र घिमिरेले ८४२ मत पाएका छन् ।


ADVERTISEMENT


थापा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको तर्फबाट तथा घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोईराला पक्षको तर्फबाट प्रदेश सभापतिमा उठेका थिए । प्रदेश सभापतिमा निर्वाचित थापा कांग्रेस झापाका पूर्वसभापति हुन् भने घिमिरे कांग्रेस केन्द्रीय सदस्य हुन् ।


ADVERTISEMENT

# # #


प्रदेश पदाधिकारीमध्ये एक बाहेक सवै थापा प्यानलका उम्मेद्वार विजयी भएका छन् । उपसभापतिमा टंकप्रसाद राई (८४७) र रमेशजङ्ग रायमाझी (८९१) विजयी भएका छन् ।

महामन्त्रीमा उमेश थापा ८२३ मत र भूपेन्द्र राई ८२४ मत विजयी भएका छन् । थापा घिमिरे प्यानलबाट विजयी भएका हुन् ।
यस्तै, सह–महामन्त्री (महिला) तर्फ प्रमिलाकुमारी गच्छेदार ८३७ मत, सह–महामन्त्री (खुला)तर्फ खड्ग फागो १०२६ मत र विनोदकुमार बस्नेत ७४७ मतले विजयी भएका छन् । अन्य पदको मत गणना जारी छ ।  कुल १ हजार ८ सय ४ मत रहेको प्रदेश निर्वाचनमा १ हजार ७५३ मत खसेको थियो ।