काठमाण्डौं-अष्ट्रेलियाले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने भएको छ ।


ADVERTISEMENT


समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने नदिने भन्ने निर्णयबारे सरकारले ८ हप्तासम्म गरेको गैर बाध्यकारी मतदानमा ६१ दशमलव ६ प्रतिशत अष्ट्रेलियालीले यसको पक्षमा मतदान गरेपछि सरकारले कानूनी मान्यता दिन लागेको हो ।


ADVERTISEMENT

# # #


१ करोड २० लाख जनताले सो मतदानमा सहभागिता जनाएका थिए ।

अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोम टर्नबुलले आगामी क्रिसमस अगावै संसदबाट सो सम्बन्धी कानुन ल्याइने प्रतिबद्धता व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ ।