काठमाण्डौं-ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगो झण्डै १४ घण्टापछि निभाइएको छ ।


ADVERTISEMENT


हिजो साँझ ६ बजेतिर लागेको आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर दमकलको साथै सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल समेत प्रयोग गरिएको थियो ।


ADVERTISEMENT

# # #


औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगोले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्या युनिकमा समेत क्षति पुगेको छ ।

आगलागीबाट करौडौँको क्षति भएको अनुमान गरिएपनि यकिन तथ्याङ् भने आउन बाँकी रहेको महानगरिय प्रहरी वृत्त जावलाखेलले जनाएको छ ।