काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।


ADVERTISEMENT


टिमभित्रको सरसल्लाहमा नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । खतिवडा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनले भने, ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’


ADVERTISEMENT

# # #


युवा नेता खतिवडाले केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् । उनले केन्द्रीय कार्यसमितिमा रहेर कांग्रेसलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताएका छन् । युवा नेता खतिवडा १३औं महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्य पदमा पराजित भएका थिए ।