काठमाण्डौं-कालिञ्चोक केबलकार निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ । दोलखाको प्रसिद्ध मन्दिर कालिञ्चोक मन्दिर दर्शनमा जाने धार्मिक पर्यटकलाई लक्ष्य गरी केबलकार सञ्चालनमा ल्याउन लागिएको हो ।


ADVERTISEMENT


वर्षात्मा निर्माण सामग्री ढुवानीमा परेको समस्याका कारण ढिलाइ भएको र हाल तीव्र गतिमा काम भइरहेको केबलकार निर्माण कम्पनी कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख अशोक शिवाकोटीले जानकारी दिए । दुई महिनासम्म हिउँ नपरे नयाँ वर्षमा केबलकार सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेको उनले बताए ।


ADVERTISEMENT

# # #


केबलकारका लागि आवश्यक सामग्री स्वीट्जरल्यान्डबाट काठमाडौंमा ल्याइसकेको उनले जानकारी दिए । बाँकी काम द्रुत गतिमा बढ्नेछ । सुरुमा २६ करोड रुपैयाँ लागत भनिए पनि निर्माण अवधि लम्बिएसँगै लागत रकम बढेर ४० करोड रुपैयाँ पुगेको सञ्चालकको भनाइ छ । उक्त केबलकारमा तत्कालका लागि दुईवटा गोन्डुला हुनेछन् । उक्त गोन्डुलाको क्षमता १२ जना रहेको र एक दिनमा १२ सय व्यक्ति ओसारपसार गरिसक्नेछ ।

६ वटा टावर रहने केबलकारको हालसम्म चारवटा काम सकिएको छ । बाँकी टप स्टेसनको फाउन्डेसन तयार भइसकेको छ । तत्कालका लागि केबलकार मात्र सञ्चालन गर्ने र करिब २ वर्षभित्रमा त्यहाँ आवश्यक सम्पूर्ण संरचना निर्माण गरिसक्ने लक्ष्यका साथ काम भइरहेको प्रमुख शिवाकोटीको भनाइ छ ।