काठमाण्डौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपियाँ घुससहित पक्राउ गरेको छ ।


ADVERTISEMENT


अख्तियारको केन्द्रीय कार्यालयको विशेष टोलीले पौडेललाई नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट पक्राउ गरेको हो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका छन् ।


ADVERTISEMENT

# # #


घुस लिँदै गरेको अवस्थामा नेपाल प्रहरीको एसपी कमान्डको टोलीले विशेष सुराकका आधारमा पौडेल र केसीलाई पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दियो । रकम असुलीको प्रयोजनबारे अनुसन्धान भइरहेको छ । अख्तियारले वैदेशिक रोजगार विभाग र यसका कार्यालयलाई विशेष निगरानीमा अपरेसन गर्दै आएको छ ।

यसैबीच, अख्तियारले सशस्त्र प्रहरी औद्योगिक सुरक्षा गण नेपालगन्जमा कार्यरत प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई घुससहित पक्राउ गरेको छ ।