काठमाण्डौं-डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकपका लागि मंगलबार राति छनोट भएको छ ।


ADVERTISEMENT


उसले युरोपेली विश्वकप छनोट प्ले अफ दोस्रो लेगमा गणतान्त्रिक आयरल्यान्डलाई ५–१ ले हरायो । डेनमार्कका तर्फबाट क्रिस्टियन एरिक्सनले उत्कृष्ट ह्याट्रिक गरे ।


ADVERTISEMENT

# # #


युरो २०१६ मा छनोट हुन असफल रहेपछि डेनमार्कले राम्रो लयमा रहेर अहिले विश्वकपको अन्तिम चरणको यात्रा तय गरेको हो ।

पहिलो लेग गोलरहित बराबरीमा टुंगेपछि डेनमार्कले विपक्षी टिमको घरमा यो शानदार जित निकालेको हो ।

यससँगै डेनमार्कले समग्रमा ५–१ को अग्रता पनि लिन सफल रह्यो ।