काठमाडौँ – नेपाली कांग्रेसको सभापतिको उम्मेद्वारका विषयमा संस्थापन इतर समुहले बुधबार धारणा सार्वजनिक गर्ने भएको छ ।


ADVERTISEMENT


चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको सो समूहको बैठकले बुधबार बेलुकासम्म साझा उम्मेदवारसहित धारणा सार्वजनिक गर्ने निर्णय गरको हो । बैठकमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला सभापतिको दाबीबाट पछि हटेका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन जनाएका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेस वरिष्ठ नेता रामचन्द पौडेल सहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन्। बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारीको विषयमा सहमति नजिक पुगेको बताए ।

उनले भने, ‘आज विभिन्न कोणबाट छलफल गर्यौं । हामी सहमतिको निकै नजिक पुगेका छौँ । हाम्रो निर्ण भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ ।’

उनले केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा निर्णय सार्वजनिक गर्ने जानकारी दिए। महाधिवेशनमा कसरी पार्टी जोगाउन सक्छौँ भन्नेबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुगेको उनको भनाई छ ।