काठमाण्डौं-सिरहा–जनता माध्यामिक विद्यालय गोलबजारका एक शिक्षक विद्यार्थीलाई यौन र्दुब्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् ।


ADVERTISEMENT


पीडित छात्राले परिवारलाई शिक्षक महतोले आफूलाई यौन र्दुब्यवहार गरेको सुनाएपछि अभिभावकले सोमबार विद्यालयमा उजुरी दिएका थिए । अभिभावकको उजुरीपछि मंगलबार स्थानिय बुद्धिजिवी, जनप्रतिनिधी, विद्यालयका प्र.अ. व्रम्हदेव प्रसाद सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवु महतो सहितको उपस्थितिमा घटनालाई मिलाउन प्रयास गरेपनि असफल भएको छ ।


ADVERTISEMENT

# # #


विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौनर्दुब्यवहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो ।

पक्राउ परेका शिक्षक महतोलाई जबरजस्ती करणी उद्योग अन्तर्गतको मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकृत राजन भेटवलले बताए । घटना सार्वजनिक भएपछि आक्रोशित स्थानीय युवा तथा विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण अर्धवार्षिक परीक्षा समेत स्थगित भएको छ ।
पीडक शिक्षकलाई कार्वाहीको माग गर्दै पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत चोहर्वा सडकखण्डमा एकघण्टा चक्काजाम समेत गरिएको थियो ।