काठमाण्डौं-आगामी वर्ष रूसमा हुने विश्वकपको तयारी स्वरूप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेइमारको टिम ब्राजिललाई इंल्याण्डले गोलरहित बराबरीमा रोकेको छ । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले नेइमारसहितको ब्राजिलियन टिमसँगको खेलका लागि अधिकांश युवा खेलाडी मैदानमा उतारेका थिए । उनीहरुले निकै राम्रो प्रदर्शन गर्दै ब्राजिललाई गोल गर्न रोकेका हुन् ।


ADVERTISEMENT


खेल अवधिभर बलमा नियन्त्रण लिएको ब्राजिलले केही गोल गर्ने राम्रा अवसर खेर फालेको थियो । उसले पोस्ट प्रहार पनि धेरैपटक गरेको थियो । तर गोल भने गर्न सकेन । इंग्ल्याण्डले गोल गर्ने मौका कम बनाए पनि ब्राजिललाई रोक्न सफल भयो।


ADVERTISEMENT

# # #