काठमाडौं – नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय  सदस्यमा उम्मेदावरी घोषणा गरेका छन् । रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले केन्द्री सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।


ADVERTISEMENT


नेविसंघका पूर्व उपाअध्यक्षसमेत रहेका शाहीले १४औं महाधिवेशनमा आफ्नो उम्मेदवारी केन्द्री सदस्यमा रहने बताएका हुन् । सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेकोमा पार्टी शीर्ष नेताको आग्रहमा आफूले फिर्ता लिएको र अब आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा हुने उनले बताए ।


ADVERTISEMENT

# # #


‘सुदूरपश्चिम प्रदेश सभापतिको बलियो दावेदार हुँदाहुँदै पनि मैले पार्टी नेतृत्वको आग्रहलाई मानें । अब मेरो उम्मेदवारी केन्द्रीय सदस्यमा रहने छ। नेविसंघमा लामो विद्यार्थी राजनीति गरेकाले अब पार्टीको मूल राजनीतिमा आउन अपरिहार्य ठानेको छु,’ उनले भने।

शाहीले सुदृढ र सशक्त कांग्रेस बनाउने उदेश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताए । उनले युवा पुस्ताले समयमै राजनीतिको मूलधारमा प्रवेश गरेर उचित स्थान पाए राम्रो काम गर्ने अवसर समयमै प्राप्त हुने बताएका छन् ।

‘अब पार्टीमा युवा जोसको पनि खाँचो छ। मैले अग्रत नेताहरूको सम्मान गर्दै उनीहरूका अनुभवको प्रयोग गर्दै युवा जोसका साथ काम गर्ने छु । मलाई सबै महाधिवेशन प्रतिनिधिले विश्वास गर्नेमा म विश्वस्त छुु, उनले भने । उनले सधै आफू जनताको सेवामा नै समर्पित हुने बताएका छन् । कांग्रेसमा गुटगत राजनीतिको अन्त्य हुनुपर्ने बताउँदै सधै आफू त्यसको पक्षमा रहने उनले बताए ।