बारा – आलुबालीतर्फ बाराका कृषकले खेती गर्ने क्षेत्रफलमा कमी गर्दै आएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टर क्षेत्रफलमा कमी आएको छ ।


ADVERTISEMENT


कम लगानीमा बढी फाइदा हुने नगद बाली उखु खेती र मत्स्यपालन व्यवसायतर्फ कृषकको बढी आकर्षकले कृषकहरुले २०७८÷७९ मा कूल सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलु खेती गरेको कुरा कृषि ज्ञान केन्द्रका विज्ञ गेनालाल मण्डलले बताए ।


ADVERTISEMENT

# # #


जिल्लाका प्रायः सबै ठाउँमा आलु खेती हुने गरेको र उत्पादनका हिसाबले अमृतगञ्ज, गोलागञ्ज, हरिहरपुर, उचिडिह, देवापुर, भगवानपुर आलु खेतीको पकेट क्षेत्र भएको बताइएको छ ।

गत वर्ष २०७७÷७८ मा कृषकले कूल सात हजार ४५० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनले कूल एक लाख १९ हजार २०० मेट्रिक टन आलु उत्पादन भएको थियो । रासस