काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको विकल्प नभएको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा बुधबार बसेको सो पक्षको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको हो । बैठकले पदाधिकारीका विषयमा टुङ्गो लगाउन सकेन ।


ADVERTISEMENT

# # #


बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति देउवाको विभिन्न विचारधारा भएका दलहरुलाई जोड्न सक्ने गुण भएकाले पार्टीको सभापतिमा देउवा नै रहनुपर्ने बताए । उनले पदाधिकारी र केन्द्रीय सदस्यमा आकंक्षा राख्नेहरुसंग परामर्श गरेर निष्कर्षमा पुर्याउने दाबी गरे । पदाधिकारीका बारेमा पार्टी सभापतिले नै निर्णय लिने उनले बताए ।

त्यस्तै कांग्रेस नेता बालकृष्ण खाँणले देउवालाई नै पार्टी सभापतिको रुपमा अघि बढाउन सहमति भएको जानकारी दिए । उनले महाधिवेशनपछि पदाधिकारी थप गर्ने विषयमा छलफल भएको बताए ।

कांग्रेसको संस्थापन पक्षभित्र सभापतिमा देउवाको नाममा एकमत रहेपनि महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत लगाएतले दावी गर्दै आएका छन् ।