काठमाडौँ – नेपाली काङग्रेसका नेता प्रकामान सिंहले १४ औँ महाधिवेशनमा आफु सभापतिको दौडबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाण्डौको बानेश्वरमा सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पार्टीलाई विधि विधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडी बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने स्पष्ट पारेका हुन् । उनले पार्टी भित्रको शक्ति राजनितिका कारण नेपाली काङ्ग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसकेको बताए ।


ADVERTISEMENT

# # #


नेपाली काङग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको उनको भनाई छ ।

कार्यक्रममा नेता सिंहले नेपाली काङग्रेसलाई एकताबद्ध हुन कसिुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मसाथ गर्न नसकेको बताए ।