काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।


ADVERTISEMENT


मनोनयन दर्ता गर्न सभापतिका लागि रु ३० हजार, उपसभापति र महामन्त्रीका लागि रु २५ हजार, सहमहामन्त्रीका लागि रु २० हजार र केन्द्रीय सदस्यको १० हजार दस्तुर निर्धारण गरिएको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मनोनयनका लागि लाग्ने रकम महाधिवेशन स्थल भृकुटीमण्डपमा नै प्रभु बैंक अस्थायी रुपमा स्थापना गरेर समितिको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।