काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनमा शेरबहादुर देउवालाई मिडियाकर्मीले ढाकिदिएका छन् । जारी कांग्रेसको महाधिवेशनमा  पुन: सभापतिमा उम्मेदवारी दिएका देउवालाई मिडियाकर्मीले ढाकिदिएका हुन् ।


ADVERTISEMENT


 देउवाले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिँदा आफ्नो टिम नै तयार गरेका छन् । सो घोषणा कार्यक्रममा देउवा मिडियाकोबीचमा परेका हुन् ।


ADVERTISEMENT

# # #


देउवाको प्यानलबाट उप सभापतिमा बिजय गच्छदार र पूर्णबहादुर खड्का रहेका छन्। महामन्त्रीमा डाक्टर प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन्।

सह महामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ।

त्यस्तै, खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायणबहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासीपूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन, गोविन्दबहादुर शाह अछाम तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौँ, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लिला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ।