काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रले दुई ठूला पार्टी भन्दा ठूलो भेला र सम्मेलन गर्नसक्ने बताएका छन् । उनले एमालेको महाधिवेशनलाई पञ्चर्‍याली भन्दा केही नभएको भन्दै उनले त्यो भन्दा ठूलो भेला गर्नसक्ने दाबी गरे ।


ADVERTISEMENT


‘आठ लाख पार्टी सदस्य भएको पार्टी भएका छौँ । चार लाखलाई उर्दी जारी गर्‍यौँ भने त जुन सुकै दलको महाधिवेशन भन्दा ठूलो मेला त लगाउन सक्छौँ । कतिले त भन्नुभयो ठूलै गर्‍यौँ । तर त्यो पनि गरौँला अहिले हामीले पार्टीलाई क्रान्तिकारी बनाउनु छ । विचारलाई विकास गर्नु छ,’ प्रचण्डले भने ।


ADVERTISEMENT

# # #


पार्टीको सात भौगोलिक र दुई गैर भौगोलिक प्रदेश सम्मेलन काठमाडौंबाट उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘केही समयअघि तपाईँले देख्नु भयो नि एमालेको महाधिवेशनलाई म पञ्च र्‍याली भन्दा केही देख्दिन । तपाईँले देख्नु भयो त्यहाँ न विचारको बहस भयो । न त देश बनाउने बहस भयो । खाली त्यहाँ व्यक्ति पूजा गरियो । सिद्धान्त हिनताको प्रदर्शन गरियो । मार्क्सवादको म पनि उच्चारण भएन । समाजवादको स पनि उच्चारण भएन,’ उनले भने।

उनले जारी कांग्रेसको महाधिवेशनमा पनि देश बनाउने विषयमा छलफल नभएको बताए । ‘मैले हिजो भनेको थिए। समीक्षा गरौँ । तर हिजो उद्घाटन आज मनोनयन भोलि निर्वाचन हुँदैछ । न देश बनाउने छलफल भयो खाली पदको मात्र कुरा चल्दै छ,’ उनले भने, ‘त्यहाँ राष्ट्र कस्तो बनाउने। इतिहासको समीक्षा छैन । हाम्रा कमजोरी कहाँ भयो समीक्षा छैन ।’

प्रचण्डले पार्टीलाई रुपान्तरण गर्दै थप क्रान्तिकारी बनाउँदै लैजाने बेला भएको र पार्टीलाई क्रान्तिकारी बनाइसकेपछि ठूला भेला गर्न सकिने उनले बताए । उनले आफूहरु मिसन भड्किएका यात्री जस्ता भएको बताए ।