काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले सभापति हारेको खण्डमा प्रधानमन्त्रीबाट पनि हटाइदिन सक्ने भएकाले कांग्रेसको सरकार टिकाइराख्न पनि आफूले सभापति जित्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


कांग्रेसको सरकार टिकाइराख्न  जसरी पनि सभापतिमा जित्नु आवश्यक रहेकोसमेत उनको तर्क  छ  ।


ADVERTISEMENT

# # #


आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्रतिनिधिसँग भोट मागेका छन् ।

‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन्। त्यसैले मैले जित्नैपर्छ, जित्न आवश्यक छ। पार्टीको चुनाव पनि नजित्नेले देश कसरी देश चलाउँछ भनेर मलाई प्रश्न गर्छन्’, देउवाले भने।

आफूले सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्ने चिन्ता व्यक्त गर्दै देउवाले भने, ‘मलाई जिताइदिनुहोला । विगतमा पनि कांग्रेसलाई सबैको पार्टी बनाएर लगिरहेको हो । अब पनि मेरोभन्दा हाम्रो अनि सबैको साझा पार्टी बनाएर लैजानुपर्छ।’