काठमाठौं  – नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले आफूले उम्मेदवारी फिर्ता लिएसँगै शेखर कोइरालाको प्यानललाई सहयोग गर्नेसमेत बताए ।


ADVERTISEMENT


कांग्रेसको सभापतिको उम्मेदवारमा न्यौपानेसहित शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, कल्याण गुरुङ र विमलेन्द्र निधिले उम्मेदवारी दिएका थिए । न्यौपानेले फिर्ता लिएसँगै अब पाँच जनाको मात्र उम्मेदवारी कायम रहेको छ ।


ADVERTISEMENT

# # #


केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२ : ३० बजेसम्म कायम गरिएको हो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिनेछ भने मतदान भोलि मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।