काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा हरिबहादुर घले केन्द्रीय सदस्य पदका उमेद्वार रहेका छन् । लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय घले अल्पसंख्यक तर्फका केन्द्रीय सदस्य पदका उमेद्वार हुन् ।


ADVERTISEMENT


गाेरखा जिल्लाका बर्तमान कांग्रेस सभापतिसमेत रहेका घले मिजासिलो स्वभावका छन् । त्यतिमात्र नभएर घलेले जिल्लामा दुई पटक जिल्ला सभापति जितिसकेका छन् । कार्यकर्तामाझ लोकप्रिय घले जारी कांग्रेसको १४ औं महाधिवेशनमा अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरिररहेका छन् ।


ADVERTISEMENT

# # #


घलेसँग जिल्लामा  स्थानीय तहदेखि केन्द्र सम्म काँग्रेसलाई जिताएको अनुभव छ । लाेकप्रिय नेताका छवी बनाएका घलेले केन्द्रीय सदस्यमा जित हासिल गर्ने महाधिवेशन प्रतिनिधिहरु बताउँछन् ।