काठमाडौं –  नेपाली कांग्रेसको महाधिवेशन मतदानस्थल (भृकुटीमण्डप÷राष्ट्रियसभा गृह) भित्र मोबाइल फोन लिएर जान नपाइने आचारसंहितामा जारी गरिएको छ ।


ADVERTISEMENT


कांग्रेसले महाधिवेशनको मतदानस्थलमा मोबाइल फोन लिएर जान नपाइने नियम बनाएको हो । अनुचित र गैर जिम्मेवार काम हुन सक्ने आकलन गरी मोबाइल फोन लिएर जान नपाइने नियम बनाइएको निर्वाचन समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसै गरी कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

प्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको हो । मतदाता बिहानैदेखि लामबद्ध भएका छन् । मतदान हुने तीनवटै मतदान केन्द्रमा मतदाता बिहान सबेरैदेखि लामबद्ध भएका हुन् । बिहान ८ बजे मतदानको समय तय गरिएकाले मतदाता बिहानैदेखि लाइनमा बसेका हुन् ।

भृकुटीमण्डप परिसरमा पार्टी सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचार–प्रसार गरेर मत मागिरहेका छन् । लामबद्ध प्रतिनिधिसँग उम्मेदवारले आफ्नै मत मागिरहेका छन् ।