काठमाडौँ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज विहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको समय तेस्रोपटक थप गरिएको छ ।


ADVERTISEMENT


पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज विहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि मात्र सुरु भएकाले मतदानको समय तेस्रोपटक थप गरिएको हो ।


ADVERTISEMENT

# # #


निर्वाचनमा मतदाताको संख्या र हालसम्म खसेको मतको संख्यालाई मध्यनजर गरी आज राती १०ः३० बजेसम्म थप गरिएकोमा उक्त समयलाई बढाएर ११ः३० बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

काँग्रेस १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । अहिलेसम्म चार हजार ४०० भन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।