काठमाडौं – नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । जसमा सभापति जिताउने कुरामा विमलेन्द्र निधि निधि निर्णायक हुने देखिएका छन् । पहिले सभापति शेरबहादुर देउवा समूहमा रहेका निधि सभापतिसँग सम्बन्ध टाढिएपछि संस्थापन इतर समूहमा आएका थिए । यता पनि लाइन नमिलिरहेको कारण निधि एक्लै सभापतिको रेसमा हाम फालेका थिए ।


ADVERTISEMENT


अब  पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍ शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।


ADVERTISEMENT

# # #


कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, त्यसले सभापतिमा जितको आधार तय गर्नेछ । त्यसमा पनि निधिको अहम् भूमिका रहने देखिएको जानकारहरु बताउँछन् ।

समाजिक सञ्जालमा एक प्रयोगकर्ता निधिको समर्थन निर्णायक हुने भन्दै आफ्नो भनाई यसरी राख्छन्,  ‘हैट ! अब दोस्रो चरणमा कांग्रेस सभापतिमा कसलाई जिताउने भन्नेमा निधि निर्णायक देखिए। जसले मनाउन सक्यो ऊसैले जित्ने पक्का । निधिलाई ठुलै चिठ्ठा पर्ने भयो ।’