इरान र इराकको सीमामा गएको ७.३ म्याग्निच्युडको भूकम्पमा परी ४ सयभन्दा बढीको मृत्यु भएको छ भने १० हजारभन्दा बढी घाइते भएका छन् । सन् २०१६ को रियो ओलम्पिककमा भारत्तोलनमा स्वर्ण पदक जितेका इरानका एक खेलाडीले भूकम्पपीडितको सहयोगका लागि आफ्नो पदक लिलामीका राखेका छन् ।


ADVERTISEMENT


२६ वर्षीय विश्व च्याम्पियन कियानोश रोस्तामीले यो कुरा आफ्नो इन्सटाग्राम पेजमार्फत घोषणा गरेका छन् । यसमध्ये पश्चिमी केर्मनशाह प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । रोस्तामी पनि यही प्रान्तका वासिन्दा हुन् । उनले सानै भए पनि सहयोग होस् भनेर यो कदम उठाएको बताएका छन् ।


ADVERTISEMENT

# # #


‘मैले रियो २०१६ ओलम्पिकमा जितेको स्वर्ण पदक फर्काउँदैछु किनभने यो पदक वास्तवमा हाम्रो जनताको हो,’ उनले भनेका छन्, ‘म यो मेडल लिलामीमा राख्दैछु । सबै रकम भूकम्पपीडितहरुका लागि जानेछन् ।’

धेरै इरानीहरुले उनको यो कदमको स्वागत गरेका छन् ।