सुर्खेत– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्यका लागि सुर्खेतको क्षेत्र नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले काँग्रेस संविधान लिएर जनताको घरदैलोमा आएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार अवलचिङ र मटेलामा भएको छुट्टाछुट्टै कार्यक्रमलाइ सम्बोधन गर्दै खड्काले अबको निर्वाचनमा काँग्रेसको नेतृत्व भए विकास निर्माणका कामलाइ निरन्तरता दिने बताए । २०६४ अघि र २०७० पछि नेपाली काँग्रेसको नेतृत्वमा सुर्खेतको पूर्वी क्षेत्रमा भएका विकास निर्माणका कामहरुलाइ मूल्याङ्कन गर्दै विकास निर्माणको निरन्तरताका लागि पनि काँग्रेसलाइ विजयी गराउन उनले मतदातासंग अपील गरे ।
उनले जनमतको कदर गर्दै नेपाली कांग्रेसले नै संविधान दिएको र अबको एजेण्डा विकास निर्माण भएकोले त्यसलाई पूरा गर्न नेपाली कांग्रेसलाई मत दिन पनि आग्रह गरे। यसैबीच, मटेलामा भएको कार्यक्रममा एमाले र माओवादी पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
अवलचिङ्गमा भएको चुनावी कार्यक्रम साविकको अवलचिङ्ग गाविसका काँग्रेस सभापति करसिं रानाको सभापतित्वमा भएको थियो भने मटेलाको कार्यक्रमसाविकको मटेला गािवसका काँग्रेस सभापति बिरबहादुर जिसीको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति नारायण कोइराला, चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दलगायतले आगामी निर्वाचनमा विकासको निरन्तरता दिने पार्टी काँग्रेसलाइ मतदान गर्न मतदातासंग अपील गरे ।


ADVERTISEMENT

# # #


चौकुनेमा केस थानी र राज्यमन्त्री विष्ट

यसै बीचमा बुधवार सुर्खेत क्षेत्र नं. २ अन्तर्गत पश्चिम चौकुने गाउँपालिकाको गुटुमा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार हृदयराम थानीले सम्बोधन गर्दै जिल्लामा विकासको लहर ल्याउन कांग्रेसले नै जित्नुपर्ने बताएका छन् ।

कार्यक्रममा क्षेत्र न.२ को प्रदेश ख का उम्मेदवार एवं सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टले आफू सांसद भएपछि पश्चिमको विकासमा क्रान्ति आएको बताताए । उनले कांग्रेसले थालेको अधुरा विकासका कामलाई पूरा गर्नका लागि पनि यसपटक कांग्रेसले नै जित्नुपर्ने उल्लेख गर्दै मुलुकमा विकास गर्ने र शान्ति ल्याउने पार्टी कांग्रेस भएकोले कांग्रेसलाई जिताउनु पर्ने बताए।

नगर भेला सम्पन्न

यसैवीच निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) अन्तर्गत वीरेन्द्रनगरका विभिन्न वडाहरुमा बुधवार कांग्रेसले चुनावी भेलाहरु गरेको छ । यसक्रममा वीरेन्द्रनगर ८ मा लालमति पन्तको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार हृदयराम थानीले अन्य पार्टीले कुरा मात्रै गर्ने तर कांग्रेसले काम बढी गर्ने भएकोले कांग्रेसलाई जिताउन आव्हान गरे । कांग्रेस एक भएमा वाम गठवन्धनले कुनै फरक नपार्ने दावी समेत उनले गरेका थिए ।

बुधवार नै वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ र १० मा पनि चुनावी भेलाहरु भएका छन् । ती भेलाहरुमा कांग्रेसलाई आगामी निर्वाचनमा जिताउन आव्हान गरिएको छ ।

नेपाल महिला संघको चुनाव प्रचार समिति

नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई विजयी गराउने नेपाल महिला संघ सुर्खेतले पनि प्रचारप्रसार समिति गठन गरेको छ । नेपाल महिला संघ सुर्खेतकि अध्यक्ष एवम् प्रदेश सभामा समानुपतिक सदस्य उम्मेद्वार पार्वती गिरीको अध्यक्षतामा ५ सय १ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको हो ।