काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत उपसभापति पदमा २ मतले पराजित भएपछि विजयकुमार गच्छदार पुनःगणनाको माग लिएर पार्टी केन्द्रीय कार्यालय सानेपातर्फ लागेका छन् ।


ADVERTISEMENT


गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग जम्मा २ मतान्तरले पराजित भएपछि पुनः मतगणनाको निवेदन लिएर उनी सानेपा जानलाई निवासबाट निस्किएका हुन् । गच्छदार आउने सूचना पाएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । गुरूङको १९०८ र गच्छदारको १९०६ भोट आएको बताइएको छ ।


ADVERTISEMENT

# # #


‘मतपरिणाममा चित्त बुझेन । एकाएक कसरी मत घट्यो थाहा भएन । त्यसैले म पुनस्मत गणानाको मागसहित पार्टी कार्यालय जाँदैछु’ गच्छदारले ग भने । निर्वाचन समितिकाअनुसार खड्काले २१२१ भोट ल्याए, गुरूङले १९०८ र गच्छदारले १९०६ भोट ल्याए । गुरूङले गच्छदारलाई २ भोटले मात्र हराएका हुन् । त्यस्तै चन्द्र भण्डारीले १५८० भोट ल्याउँदा सुजता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत ल्याए ।