काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन् । अन्य उम्मेदवारले थापालाई पच्छ्याइरहेका छन् ।


ADVERTISEMENT


१८९५ मतगणना हुँदा  गगनले १२९४ मत पाएका छन्  । गगन कांग्रेसको महाधिवेशनमा  शेखर कोइराला प्यानलबाट चुनावी मैदानमा होमिएका हुन् ।  त्यसैगरी प्रकाशमान समूहका  विश्वप्रकाश शर्माले ८२७ मत पाएका छन् । देउवापक्षका प्रदीप पौडेलले ६६८ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


देउवापक्षका  प्रकाशशरण महतले ६२० मत पाएका छन् । शेखर कोइराला प्यानलका  मीनेन्द्र रिजालले ३२९ मत पाएका छन् । राजाराम कार्कीले ५८ मत पाएका छन् ।