काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन् । अन्य उम्मेदवारले थापालाई पच्छ्याइरहेका छन् ।


ADVERTISEMENT


२१२० मतगणना हुँदा  थापाले  १३८५ मत पाएका छन्  । गगन कांग्रेसको महाधिवेशनमा  शेखर कोइराला प्यानलबाट चुनावी मैदानमा होमिएका हुन् ।  त्यसैगरी प्रकाशमान समूहका  विश्वप्रकाश शर्माले ८५१ मत पाएका छन् । देउवापक्षका प्रदीप पौडेलले ६६८ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


देउवापक्षका  प्रकाशशरण महतले ६९८ मत पाएका छन् । शेखर कोइराला प्यानलका  मीनेन्द्र रिजालले ३६५ मत पाएका छन् । राजाराम कार्कीले  ५९ मत पाएका छन् ।

महामन्त्रीमा भइरहेको प्रतिस्पर्धालाई विशेष चासोका रुपमा हेरिएको छ । हालसम्‍म २१२० मतगणना भएको छ ।