काठमाडौँ– जर्मन सरकारले नेपाललाई पुनः कोरोना विरुद्वको खोप उपलब्ध गराएको छ ।


ADVERTISEMENT


कोभ्यास सुविधाअन्र्तगत जर्मनले नेपाललाई ४१ लाखभन्दा बढी कोभिड–१९ विरुद्वको खोप उपलब्ध गराएको हो ।


ADVERTISEMENT

# # #


जसअन्तर्गत १९ लाख ६५ हजार ६ सय मोडर्ना खोप र २१ लाख ७६ हजार ६ सय ५० जोन्सन एण्ड जोन्सन खोप गरी कुल ४१ लाख ४२ हजार २ सय ५० खोप रहेको छ ।

सो प्राप्त खोप चाँडै नै १८ वर्षभन्दा मुनिका बालबालिकालाई वितरण गरिने स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । यस्तै, पुष ४ गतेदेखि तथा अन्य लक्षित वर्गका लागि छिट्टै नै अभियान सञ्चालन गरिने मन्त्रालयको भनाई छ ।

मन्त्रालयका अनुसार, विभिन्न देशबाट प्राप्त कोभिड–१९ विरुद्धको खोप नेपाल सरकारले लक्षित वर्गका आधारमा विभिन्न समूहमा वितरण गर्दै आएको जसमध्ये हालसम्म कुल जनसंख्याको ३८.२ लाई कम्तिमा एक मात्रा र ३१ प्रतिशतमा खोपको पूर्ण मात्रा वितरण गरिसकेको छ ।

यसैगरि, लक्षित जनसंख्याको ५८.२ प्रतिशत एक मात्रा र ४७.२ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयको तथ्यांक छ ।