काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् चौधौं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन् । कांग्रेस महामन्त्री अन्तिम नतिजा आइनसक्दै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन्।


ADVERTISEMENT


महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौ नम्बरमा छन् । केही बेरअघि उनले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेस मुख्यालय सानेपामा जारी महामन्त्रीको मतगणनामा रिजाल धेरै पछि परेका छन् । उनी डा शेखर कोइराला प्यानलबाट महामन्त्रीका प्रतिस्पर्धी थिए । महामन्त्री पदमा २१२० मत गणना भइसक्दा रिजाल पाँचौँ नम्बरमा छन् । उनले ३६५ मत मात्रै ल्याउन सफल भएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।