मधेशतर्फबाट कांग्रेस सहमहामन्त्रीमा महेन्द्र यादवको अग्रताकाठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सहमहामन्त्रीमा मधेशतर्फबाट महेन्द्र यादले अग्रता कायम गरेको देखिएको छ ।


ADVERTISEMENT


सभापति शेरबहादुर देउवा समूहका यादवले कुल ९०० मत गणनामा ५३० मतसहित अग्रता कायम गरेका हुन् ।


ADVERTISEMENT

# # #


जबकी जारी मधेसी क्लस्टरको सह–महामन्त्रीको मतगणनामा ३९१ मतसहित शेखर कोइराला समूहका रामकृष्ण यादवको दोस्रो अग्रता देखिएको छ भने अर्काे उम्मेदवार रञ्जित कर्णले १०८ मत प्राप्त गरेका छन् ।

सहमहामन्त्रीको मतगणनामा महिलाको तर्फबाट महालक्ष्मी उपाध्याय ‘डिना’ , दलितका तर्फबाट जीवन परियार र जनजातिका तर्फबाट भीष्मराज आङ्दाम्बे विजयी भएका छन् । उनीहरु क्रमशः दुई हजार ५३३, दुई हजार २१२ मत र दुई हजार ७११ मत ल्याएर विजयी भएका हुन् ।

 हाल अब बाँकी मुस्लिम, मधेसी, खसआर्य थारू र पिछडिएको क्षेत्रको पाँच सहमन्त्रीको मतगणना भइरहेको हो ।