काठमाडौँ– हाल राजधानीमा जारी नेपाली कांग्रेसको मुस्लिम र खस/आर्यतर्फको सहमहामन्त्रीमा पनि देउवा समूहकै अग्रता देखिएको छ ।


ADVERTISEMENT


मधेश तर्फको क्लस्टरमा समेत अग्रता जमाएको देउवा समूह मुस्लिम र खस/आर्यतर्फ अन्तर्गत पनि अगाडि देखिएको हो ।


ADVERTISEMENT

# # #


जसमा मुस्लिमतर्फ १२५८ मतगणना हुँदा देउवा प्यानलका फर्मुल्लाह मन्सुरले ७२३ मत प्राप्त गरेका छन्, भने खस/आर्य क्लस्टरमा देउवा प्यानलकै किशोरसिंह राठौर अगाडि रहेका छन् । उनले कुल १९९५ मतगणना हुँदा ११०३ मत प्राप्त गरेका छन् ।

यसैगरि, देउवा समूहलाई पछ्याउँदै शेखर कोइराला समूह भने दोस्रो स्थानमा रहेको देखिन्छ । जसमा कोइराला प्यानलबाट मधेश तर्फको क्लस्टरका उम्मेदवार शेख वकिलले ५२९ मत र खस/आर्यतर्फ देवराज चालिसेले ८४९ मत ल्याएका छन् ।

यसबाहेक मधेशतर्फको क्लस्टरमा पनि देउवा प्यानलबाटै महेन्द्र यादव अग्र स्थानमा छन् । उनले कुल ९०० मत गणनामा ५३० मतसहित अग्रता कायम गरेका हुन् । जबकी मधेशतर्फबाट सहमहामन्त्रीमा उठेका कोइराला प्यानलका रामकृष्ण यादवले ३९१ मत प्राप्त गरेका छन् ।