काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल क्रिकेट संघ (क्यान)ले चार खेलाडीमाथि गरेको कारबाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई विश्वमाझ नेपाललाई चिनाउन सफल क्रिकेट खेलाडीमाथि दुरुत्साहित हुनेगरी कारवाही गरिनु नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


जवाफमा प्रधानमन्त्री देउवाले यसबारे आफूले क्यानसँग बुझ्ने बताएका प्रचण्डको सचिवालयले जनाएको छ । क्यानले बुधबार अनुशासन उल्लंघन गरेको आरोपमा नेपाली पुरुष राष्ट्रिय क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको थियो ।

यस्तै क्यानले कप्तान मल्ल र उपकप्तान ऐरीसहित सिनियर खेलाडी सोमपाल कामी र कमल सिंह ऐरीगरी चार जनालाई सन् २०२२ को सुरुवाती ६ महिना सेन्ट्रल कन्ट्रयाक्ट (केन्द्रीय अनुबन्धन)मा नराख्ने समेत निर्णय गरेको थियो ।

क्यानले गरेको कारबाहीपछि पक्ष र विपक्षमा व्यापक स्वरहरु उठिरहेका छन् ।