काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।


ADVERTISEMENT


२०७८ पौष २ गते बसेकोे बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ । बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२ दशमलब ५पैसा को ५.७५ प्रतिशतले हुन आउने रकम रु. ५१ करोड ९४ लाख ७९ हजार ६९६ दशमलब ३९ पैसा बराबरको बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यस्तै कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम रु. २ करोड ७३ लाख ४१, हजार ३६ दशमलब ६५ पैसा बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिन बैँकले जनाएको छ ।