काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मतगणनामा खस/आर्य क्लस्टरबाट सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भएका छन् ।


ADVERTISEMENT


पार्टीका सभापति शेर बहादुर देउवा प्यानलका राठौरले नेता शेखर कोइराला प्यानलका देवराज चालिसेलाई हराउँदै २५७६ मतसहित सहमहामन्त्री पद हासिल गरेका हुन् ।


ADVERTISEMENT

# # #


जबकी उनका प्रतिस्पर्धी चालिसेले २०५९ मत प्राप्त गरेका छन् । यसबाहेक अब अन्य थारू, मधेसी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीको लागि पनि आजै मतगणना जारी छ।