काठमाडौँ – टिभिएस रेडर सप्तरङग ३ अन्तर्गत नेपालगञ्ज कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोे छ । बिहिबार सम्पन्न सो कार्यक्रम अन्तर्गत टिभिएस शोरुम (ग्रेस एण्ड ग्लोवल) नेपालगञ्जका प्रमूख विशाल श्रेष्ठले ‘टीभीएस रेडर’ को अनावरण गरे ।


ADVERTISEMENT


सप्तरङग अन्तर्गत त्यस अवसरमा सप्तरंग ३ का चर्चित कलाकारहरु प्रमोद खरेल, नरेश भट्टराई, निता प्रधानाङग, अनिल सिंग, रामकृष्ण ढकाल, बद्री पंगेनी, मिलन नेवार, अस्मिता अधिकारी, निषा उप्रेती र विवेक खतिवडा लगायतको उपस्थितिमा थियो । त्यसक्रममा कलाकारहरुले विभिन्न किसिमका मनोरञ्जनात्मक कायृक्रम प्रश्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #


‘टीभीएस रेडर’ शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले सार्वजनिक गरेको युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल हो । ‘युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्पजस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।