काठमाडौँ – नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले अब पार्टीमा रुपान्तरणको अभियान पार्टी सभापति शेरबहादुर देउवाबाट सुरु गर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार रिपोटर्स क्लव नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा उनले पार्टी रुपान्तरणको कुरालाई मुख्य नारा बनाएको भन्दै अव रुपान्तरणको अभियान सभापतिबाटै सुरु गर्ने धारणा राखे । गुरुङले आफुहरुपनि अब अग्निपरीक्षामा रहेको भन्दै पार्टीमा भागबण्डा नगरि पद्धतीअनुसार चल्ने वातावरण निर्माण गर्ने उल्लेख गरे । उनले जनताको बीचमा व्यक्तिको अनुहार लिएर जाने भन्दा पनि विचार र सिद्धान्त लिएर जाने बताए ।


ADVERTISEMENT

# # #


पार्टीभित्र अब सत्ता र प्रतिपक्ष नरहेको उनको भनाई छ । उनले नवनिर्वाचत सभापति देउवालाई आफूहरुजस्तै बनाएर अघि बढाउने र रुपान्तरण गर्ने पनि दावी गरे ।