काठमाडौं– यःमरी पुन्हीको अवसरमा उपत्यकालगायत देशका विभिन्न स्थानमा यस दिनलाई विशेष उत्सवका साथ मनाइएको छ । यसरी यःमरी पुन्ही दिवस मनाउनेमा नेवार समुदाय मात्रै नभएर अन्य समुदायका व्यक्तिहरु समेत रहेको देखिएको छ ।


ADVERTISEMENT


योमरी पूर्णिमाको दिन आइतबार असनमा योमरी बनाउँदै महिला । योमरी चाकु, तिल र खुवा राखेर बनाइन्छ तस्बिर : चन्द्रकला क्षेत्री/रासस

हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार मार्गशीर्ष शुक्ल पूर्णिमालाई धान्य पूर्णिमा भनिन्छ । नेपालभाषी समुदायमा यस दिन यःमरी पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ । यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ । यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको यःमरी खाने भएकोले योमरी पुन्हीले बढी चर्चित छ । देशभरका नेपालभाषीहरु यःमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा यःमरी खान्छन् ।


ADVERTISEMENT

# # #


योमरी पूर्णिमाको दिन आइतबार असनमा योमरी बनाउँदै महिला । योमरी चाकु, तिल र खुवा राखेर बनाइन्छ तस्बिर : चन्द्रकला क्षेत्री/रासस

यःमरीलाई कुबेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिइन्छ । पूर्णिमाका दिन यःमरीलाई धानलगायत अन्नका भकारीमा चढाएर खाँदा घरमा अन्नको अभाव नहुने जनविश्वास छ । त्यसैले यस दिन नेवार समुदायले यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु, ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको आकृति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाएर मात्र आफूले खाने चलन छ ।