काठमाडौँ – युवा नेता जितजङ्ग बस्नेत नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । काँग्रेस १४औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा उठेका बस्नेत भारी मतसहित निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


खुला तर्फको ३५ सिटका लागि भएको प्रतिस्पर्धामा आइतबार सम्पन्न मत परिणाम अनुसार बस्नेतले २५५७ मत ल्याएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत ल्याउनेको सूचिमा उनी ११औँ स्थानमा रहेका छन् ।


ADVERTISEMENT

# # #


विद्यार्थी राजनीतिबाटै काँग्रेसको यात्रा थालेका बस्नेत काँग्रेसको युवा संगठन तरुण दलका अध्यक्ष समेत हुन् । ललितपुरका बस्नेत पहिलो प्रयासमा नै केन्द्रीय सदस्य जित्न सफल भएका हुन् ।