काठमाडौँ–अब कुनै पनि व्यक्तिले घरमै बसेर कोरोना संक्रमण पत्ता लगाउन सकिने भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमति पाएसंगै स्काइटच बायोमेडले व्यक्ति आफैँले घरमै बसेर कोरोना परीक्षण गर्न सक्ने स्व–परीक्षण किट नेपाली बजारमा ल्याएको हो । जसलाई कम्पनीले ‘फ्लोफ्लेक्स किट्स’ नाम दिएको छ ।


ADVERTISEMENT

# # #


उक्त किट्सले व्यक्ति स्वयमले आफ्नै स्वाब परीक्षण गरी १० देखि १५ मिनेटमै संक्रमणको नतिजा थाहा पाउन सकिने स्काईटचको भनाई छ । यस्तै, किटको सहि प्रयोगले नतिजा प्रभावकारी देखिने उत्पादकको दाबी छ ।

बजारमा ७ सय ५० रुपैँया मुल्य तोकेको यस किट्स नेपालभरका जुनसुकै फार्मेसीमा उपलब्ध छ भने सहजताका लागि यसलाई दराज अनलाईन सपिङ र सस्तो डिलमा समेत उपलब्ध गराएको छ । नेपालमा यस किट्सको अनुमतिले आमव्यक्तिलाई परीक्षणका लागि घन्टौँ लाइन बस्नुपर्ने र रिपोर्टको निमित्त पनि लामो समयसम्म कुनुपर्ने बाध्यताबाट मुक्त गराएको बिक्रेताको भनाई छ ।

गत वर्ष १९ नोभेम्बरमै अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडिए) ले सेल्फ किटलाई मान्यता दिदैँ यो संस्थाहरुमा समेत प्रयोग गर्न सक्ने बताएको थियो । यस्तै, नेपालको हकमा भने राष्ट्रिय प्रयोगशालाले गत २८ असोजमा नेपालमा पनि सेल्फ टेस्ट किटका निमित्त अनुमति दिएसंगै बायोमेडले नेपालमा पनि यसको बिक्री वितरण शुरु गरेको हो ।

राष्ट्रिय प्रयोगशालाबाट बिक्री वितरणका निम्ति प्राप्त अनुमति पत्र

कोभिड–१९ सेल्फ किट टेस्ट भनेको के हो ?

‘सेल्फ किट टेस्ट’ भन्नाले सरल रुपमा स्व–परीक्षण अर्थात् आफैँले गर्ने परीक्षण भन्ने बुझिन्छ । यो व्यक्तिले आफुलाई संक्रमण भए/नभए बारे आश्वस्त पार्नका निम्ति एक किटमार्फत घरमै गर्न सकिने कोरोना परीक्षण हो ।

कोरोना संक्रमणका लक्षण नदेखिए (असिम्टोमेटिक इन्फेक्शन) पनि परीक्षण मार्फत प्रत्येक ३ मध्ये एक व्यक्ति यसबाट संक्रमण हुने गरेकोे विज्ञहरुले बताउँदै आएका छन् । तसर्थ यस किट्सले आफुलाई शंका लागेका कुनै पनि व्यक्तिलाई द्रुत रुपमा घरमै कोरोना संक्रमण परीक्षण गर्न सक्छन् ।

यसका नतिजाका लागि कुनै पनि प्रयोगशालाको आवश्यकता नपर्ने भएकाले कोरोना कालमा सेल्फ आइसोलेशनलाई प्राथमिकता दिनमा लागि जोड दिदैँ आएको विज्ञहरुले समेत यस विधिले कोरोना संक्रमण थाहा पाउन मात्रै नभई प्रसारण रोकथाममा समेत सघाउ पु¥याउँने विज्ञहरुको भनाई छ ।

व्यक्तिले कहिले गर्ने सेल्फ टेस्ट (स्व–परीक्षण) ?

कम्पनीका अनुसार, फ्लोफ्लेक्सको प्रयोग जुनसुकै समयमा पनि गर्न सकिन्छ । तर, आफु कुनै पनि भिडभाडमा जानुपूर्व र कहिँ कतै कसैलाई भेट्न जानुपर्ने अवस्थामा यसको प्रयोग अझ विशेष रहने उत्पादक बताउँछन् ।