काठमाडौं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसु र कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


महाशाखाकाअनुसार चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको हो। आज दिउँसो देशको पहाडी भूभागमा आँशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । राति देशको पहाडी भूभागमा आँशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहने छ ।


ADVERTISEMENT

# # #


तराईका भूभागमा बिहानको समयमा हुसु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। दिउँसो देशका अधिकांश पहाडी भूभागम आंशिक बदली रही केही पहाडी भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।