काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत  निर्वाचनको मत परिणाममा मुस्लिम खुलातर्फ र थारुतर्फको विजयी घोषणा भएको छ ।


ADVERTISEMENT


मंगलबार राति सार्वजनिक मत परिणामअनुसार मुस्लिम खुलातर्फको दुई पदमा अब्दुल रज्जाक २३९० मत र अब्दुल सतार २२२८ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।


ADVERTISEMENT

# # #


सो पदमा उम्मेदवारहरु अकिल मियाँले १५९९, अब्दुल रहिमले २९९, मो इर्शाद अन्सारीले १४२१, मो नशिर सिद्दिकीले १२३, मोख्तार अहमदले २१८, मोहम्मद निजामुद्दिनले १७९, सलाउद्दिन मियाँले १६८ र हसन अन्सारीले ४०१ मत प्राप्त गरेका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य मुस्लिम महिलातर्फको एउटा पदमा भने जावेदा खातुन जागाले १९०० मत प्राप्त गर्दै विजयी भएकी छन् । अन्य उम्मेदवारहरु गोमा पराजुली ९अन्सारी०ले ४७८, जमिला खातुनले ३३८, जमिला मियाँले १४४१, यासिबा रहमानले २०३ र सनम वेगमले १४६ मत पाएको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य थारुतर्फ खुला दुई पदमा रामजनम चौधरी र योगेन्द्र चौधरी विजयी भएका छन्। विजयी रामजनमले २५०३ र योगेन्द्रले २१९८ मत ल्याएका छन्। केन्द्रीय सदस्य थारु महिलातर्फ दुई पदमा कल्पना चौधरी २५२४ मत र जीवन राना २३४९ मत ल्याएर निर्वाचित भएको समितिले जनाएको छ।